पाेखरा । ‘हामीलाई पनि समाबेश गर’ अपांगता भएका व्यक्तिहरुको न्यायमा पहुँचका सार्वजनिक वहस गरिएको छ । राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेशको आयोजना, सिविएम संस्थाको साझेदारी र पोखरा टेलिभिजनको सहजिकरणमा कार्यक्रमको आयोजना गरिएको हो ।
आइतबार पोखरा महेन्द्रपुल स्थित रोयल साकुरामा भएको बहस कार्यक्रमको उद्घाटन प्रमुख अतिथि उच्च अदालत पोखराका रजिस्टार श्रीलाल पौडेलले गरेका थिए ।
उक्त अवसरमा बोल्दै रजिस्टार पौडेलले न्यायमा पहुँच अभिवृदिका लागि विभिन्न खालका कार्यक्रमको आयोजना गरिएको बताए । उनका अनुुसार अदालत परिषरमा भौतिक संरचना र दोभाषेको सुचिकृत गर्नेमा पनि पहल भइरहेको छ ।
राष्ट्रिय मानव अधिकर आयोग गण्डकी प्रदेशका अधिकृत खिमलाल सुवेदीले बनेको कानुन् कार्यन्वयनको अवस्था फिटलोका कारण अपांगता भएका व्यक्तिहरुले अन्य व्यक्ति सरहरु सरह अधिकारको अनुभुति नभएको बताए ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खड्क बहादुुर खत्रीले प्रदेश कार्यालयले सवै खालका कार्यक्रमलाई प्राथमिकताका साथ अघि वढेको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सर्वण कुमार विकले अपांगतामैत्रीका लागि प्रहरी कार्यलय संवेदनसिल भएको बताए ।
अपांग महासंघ नेपाल केन्द्रिय महासचिव शिशिर खनालले अपांगता भएका व्यत्तिहरुले साना– साना कुरामा समस्या जेल्नुपर्ने सुनाए ।
राष्ट्रिय अपांगता महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले जुनसुकै बेला जोकही अपांगता हुनसकने भएकाले पहुँच युक्तता आप्mनै लागि काम गर्नुपर्नेमा जोड दिए । विभिन्न निकायले नीति कानुन बनाउनका लागि वा सवै खालका कार्यक्रममा सम्बन्धीत निकायले अपांगता भएका व्यक्तिहरुलाई समावेश गराउनुपर्ने अध्यक्ष शर्माले आग्रह गरे ।
बनेका कानुन कार्यन्वयन नहुदा सरकारी सेवा सुविधाबाट बन्चित हुन परेको र उल्टो विभिन्न खालका समस्या भोग्नुपरेको कार्यक्रममा सहभागिहरुको गुनासो रहेको थियो । ट्राफिक उल्लंघनका गरी पार्कीङका कारण लडिएर चोटपटक लागेको, विरामी भइ अस्पताल पुग्दा दोभाषे नभएका कारण औषधी फरक परेकाले थप समस्यामा पर्न परेको, बसमा हिड्दा गन्तव्य स्थल भन्दा पर झारीदिने, मनोसामाजिक भएका व्यक्तिहरुको परिचय पत्र नपाइनु लगायतका धेरै समस्या भोग्न परेको उनीहरुले सुनाए ।