पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको क्रियाशिल सामाजिक संस्था सुर्यचन्द्र विकास समाजको ३०औं साधारण सभा तथा १५औं अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनले कमला गौतमको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
त्यस्तै अधिवेशनले उपाध्यक्षमा सावित्री कोइराला, महासचिवमा हेमराज भण्डारी, सचिवमा दीपक बराल, कोषाध्यक्षमा कमला सुनार चयन गरेको छ ।
त्यसैगरि समाजको सदस्यहरुमा बिमल श्रेष्ठ, कर्ण बहादुर भुवाजी, मिरा केसी, प्रदिप सवेदी, माधव बास्तोला र बिमल दवाडीलाई चयन गरेको हो ।
यसअघि कृष्ण बरालको नेतृत्वमा समाजले विभिन्न सामाजिक कार्य गरेको थियो ।