पोखरा विश्वबिद्यालयका बिध्यार्थीहरुको स्वास्थ्य निरुपण सम्बन्धी कार्यक्रम

पोखरा । पोखरा विश्वबिद्यालय स्कुल अफ हेल्थ एण्ड एलाईड साईन्सेज अन्तर्गत जनस्वास्थ्य संकाय तेस्रो वर्ष छैटौं सेमेस्टरमा अध्ययनरत बिद्यार्थीहरुले गोरखाको पालुङटार गाउँ पालिका, वडानं चार स्थित बार्ह्रपिर्के , कुमालगाउँ तथा देवकोटा भन्ने स्थानमा एक महिने स्वास्थ्य निरुपण शिर्षकमा समुदाय स्तरमा स्वास्थ्य सम्बन्धी बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेका छन्।

सुष्म स्वास्थ्य परियोजना अन्तर्गत सञ्चालित कार्यक्रममा लिडिन लाईट युवा क्लवको संयोजन रहेको थियो। पालुङटार, चार स्थित, बार्ह्रपिर्के देखि कुमालगाउँ सम्म स्वास्थ्य सरसफाई अभियान अन्तर्गत , स्वास्थ्य संग सम्बन्धित जनचेतनामुलक र्याली लगायतका बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको छ। कार्यक्रममा पालुङटार गाउँ पालिका वडानं चारका वडा अध्यक्ष मानबहादुर पौडेल, टोल बिकाश संस्था का अध्यक्ष जोनी सुनार, आमा समुह की अध्यक्ष गोमा रानाभाट लगायतले बिध्यार्थीहरु द्वारा गरिएको कार्यक्रमको सर्हाना गरेका थिए।

तेस्तै बिध्यार्थीहरुले पालुङटार गाउँ पालिका वडानं चार, देवकोटा भन्ने स्थानमा स्थानियहरुको प्रेसर जाँच, सुत्केरी महिलाको स्वास्थ्य परिक्षण गर्नुका साथै स्वास्थ्य बीमा सम्बन्धी जानकारी, धुम्रपान मद्यपानबाट हुने असरहरू, उच्च रक्तचाप बाट बच्ने उपायहरु, पोषण तत्व बारे जानकारी लगायतका कार्यक्रम गरेका थिए।
सो अवसरमा देवकोटा टोल बिकाश संस्था का अध्यक्ष कमल मग्रातीले समुदाय स्तरमा आएर स्वास्थ्य संग सम्वन्धित बिभिन्न बिषयमा जनचेतना फैलाउने कार्यक्रम गरेकोमा बिध्यार्थीहरुलाई धन्यवाद दिएको पालुङटारबाट कार्यक्रममा सहभागी बिध्यार्थी अनिषा पौडेलुपल्लवीुले जानकारी दिईन्।

कमेन्टहरु
Loading...