पोखरा । पत्रिकाबाट आफ्नो करियर सुरुवात गर्दै रेडियो र कास्कीका विभिन्न टेलभिजन हुँदै स्टेज कार्यक्रम सञ्चालकको रुपमा उभ्याउँदै आएका देवेन्द्र शाही खासमा आफूलाई सञ्चारकर्मी भन्न रुचाउँछन् । शाही अहिले पनि सञ्चार क्षेत्रमा आफू लाई स्थापित गर्न संघर्षरत छन् ।
रेडियोमा काम गर्नका लागि कास्कीका बिभिन्न रेडियो पनि धाए। रेडियोमा रहँदा उनले धेरै निखारिने अवसर पाए ।
त्यस्तै पोखरा एक्सप्रेस पाक्षिक पत्रिकामा लेखन कार्यको अनुभाव बटुले ।
शाही यसरी काम गर्दै जाँदा ‘सम्पदा राष्ट्रिय अवार्ड कार्यक्रम मार्फत’ उत्कृष्ट उद्घोषक अवार्डद्वारा सम्मानित पनि भए । केही समय युवाहरूको लोकप्रिय जेसिज संस्थामा कार्यालय सचिवको रुपमा काम गरे र अहिले पोखरा जेसिजको इभेण्ट व्यवस्थापक सदस्यको जिम्मेवारी पाएका छन् ।
पोखरा टिभिबाट कार्यक्रम सञ्चालक प्रस्तोता हुँदै गोल्डेन आई टिभिमा समेत शाहीले अनुभव बटुले ।
केही स्टेजमा प्रस्तोतारुपमा प्रस्तुत भएका शाही न्यू लुक मिस्टर नेपाल २०२३ मा सहभागी भएका छन् ।
नेपालकै शान मिस्टर नेपाल जस्तो गरिमा बोकेको कार्यक्रममा आफू सहभागी हुन पाउँदा खुसी रहेको उनी बताउँछन् ।
उक्त कार्यक्रमको अन्तिम प्रतिस्पर्धा साउनको ६ गते शनिबार काठमाडौंमा हुनेछ। अहिले भोट खुलेको र सबै शुभचिन्तक तथा आफ्ना आफन्त र आदरणीय व्यक्तित्वहरु लाई भोटको लागि अनुरोध गरिरहेका छन् शाहीले । नेपालमा हुनेहरुले खल्ती एप र विदेशमा रहेकाहरुले खल्ती डटकम मार्फत भोट गर्न शाहीले अपिल समेत गरेका छन् ।