पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ मा अवस्थित आशिर्वाद क्लब अफ नेपालले विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । क्लबले बुधबार पोखरा १३ आर्वा बिजयपुरमा रहेको श्री बिजय निम्न माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको हो ।
क्लबले ४५ जना विद्यार्थीहरुलाई कपि कलम इरेजर, कटर, बल, ब्याडमिन्टन, चेसलगाएतको सामाग्री वितरण गरेको हो । ३५ जना विद्यालयका विद्यार्थीलाई र १० जना त्यहीका स्थानीय बालबालिकालाई सामाग्री वितरण गरिएको आशिर्वात क्लब अफ नेपालका इञ्चार्ज रवि बरालले जानकारी दिए ।
कार्यक्रममा समाजसेवी सुवर्ण पन्त, पोखरा १३ का वडा सदस्य सुचित तामाङ, क्लबका पूर्व इञ्चार्ज विक्रम बराल, क्लबका इञ्चार्ज रवि बराल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्देश गुरुङ, विद्यालयका प्राध्यापक शान्ति विक, अर्जुन गुरुङ, थमन गुरुङ, अनिस विकलगाएतको उपस्थितिमा सामाग्री वितरण गरिएको थियो ।
कार्यक्रमको संयोजक आर्सन बराल र सहसंयोजक दिनिशा लामिछाने रहेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव अर्जुन बरालले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सुवर्ण पन्तले क्लबले राम्रो कार्यक्रमहरु गर्दै आर्इरहेको र यस्ता कार्यलाई निरन्तरता दिइरहन आग्रह गरे ।
क्लब अध्यक्ष मनिष बरालले आगामी दिनहरूमा थप सामाजिक कामलाई प्रोत्साहन गर्दै निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।