पोखरामा ट्रेकिङ्ग गाइड तालिम‌

पोखरा । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशको आयोजना तथा नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल मेनेजमेन्ट (नाथम) को प्राविधिक सहकार्यमा शुक्रवारदेखि पोखरामा ट्रेकिङ्ग गाइड तालिम‌ शुरु भएको छ।

अन्तरवार्तामा पास भएर तालिमका लागी चयन भएका करिब ३ सय जना प्रशिक्षार्थी हरुलाई आज नाथमका निर्देशक तथा तालिम संयोजक रतन साउदले तालिमबारे अभिमुखीकरण गरेका थिए ।

उद्‌घाटन सत्रमा प्रमुख अतिथि नाथमका प्राचार्य राम कैलाश विच्छा रहेका थिए भने विशेष अतिथिमा नाथमका विभागिय प्रमुख अजय कुमार ढकाल थिए।
अतिथिमा टानका पूर्व अध्यक्ष तथा पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष सोम थापा, पूर्व अध्यक्ष हरि भुजेल, ताल वाराही व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद न्यौपाने, प्रधानाध्यापक तारा प्रसाद पोख्रेल, ट्रेकिङ्ग मजदुर संघका अध्यक्ष तथा प्रतिनिधीहरु र पर्यटन प्रहरीका प्रतिनिधि र पत्रकारहरु रहेका थिए।

हालसम्म संस्थाले बिभिन्न समय गरी करिब १९ सय जनालाई तालिम दिए पनि देशको राजनैतिक उतारचढाव, प्राकृतिक प्रकोपहरु र पछिल्लो समय कोभिड–१९ को विश्व महामारी पश्चात पर्यटन क्षेत्रका मजदुरहरू विभिन्न क्षेत्रमा पलायन भए पछि यस क्षेत्रका मजदुरहरुको अभाव भएको अवस्थामा गरिएको यो तालिमले यस क्षेत्रमा टेवा पुग्ने देखिने संस्थाका अध्यक्ष धर्मराज पन्थीले बताए ।

५ हप्ते तालिम लोकसाइड स्थित तालवाराही माविमा ६ वटा सेक्सन‌मा विभाजन गरी तालिम दिइने संयोजक गोपाल कृष्ण संग्रौलाले जानकारी दिए।

संस्थाका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद आचार्यले स्वागत मन्तब्य राखेको कार्यक्रममा संयोजक संग्रौला ले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए भने अध्यक्ष धर्मराज पन्थीको अध्यक्षतामा भएको कार्यक्रम महासचिव तिर्थराज सुवेदीले संचालन गरेका थिए।

कमेन्टहरु
Loading...