पराम्परागत ‘सातु’लाई व्यवसायिक ब्राण्डिङ

पोखरा । नेपाली परम्परागत ‘सातु’ रैथाने पोषिलो खाजा, खानाको रुपमा चिनिदै आएको छ । सातुको इतिहास निकै पुरानो छ । सातु उच्च पोषणयुक्त खानेकुरामा पर्छ ।

 

यसै सातुलाई व्यवसायीक ब्राण्डिङ गरिएको छ । पोषिलो फुड्स प्रोडक्टस प्रालिले मानव शरिरलाई आवश्यक पर्ने पोषणतत्वको समिश्रण गरि सातुलाई बजारमा ल्याएको छ ।

 

एक वर्षको बजार अनुसन्धान र अध्ययन पश्चात सातु उत्पादनको औपचारिक बजारीकरण गरिएको प्रालिका प्रवन्ध निर्देशक पृथ्वी कल्याण पराजुलीले बताए ।

 

‘पोषिलो फुड्सले अहिले विभिन्न चार प्रकारका सातुको उपयोग गरेर उत्पादन सुरु गरेको छ । सातु नेपाली परम्परागत रैथाने पोषिलो खान्की पनि हो । सातुलाई व्यावसायिक ब्रान्डिङ गर्दै बजारिकरण गर्नुपर्दछ भन्ने मुख्य उद्देश्यका साथ यसलाई उत्पादन र ब्रान्डिङ गर्न सुरु गरेका हौँ ।’ –उनले भने ।

 

मल्टीग्रेन सातु, नट्टी डिलाइट सातु, प्रोटिन सातु, न्युट्री सातु गरि चार प्रकारको उत्पादन बजारमा ल्याइएको पराजुलीले जानकारी दिए ।

 

‘यी सातुहरु बच्चाहरु, वयष्क र बृद्वसम्मका लागि उपयुक्त हुने गरी तयार पारेका छौँ । हामीले खेलाडी र गर्भवती महिलाका लागि पनि पोषिलो सातु उत्पादन गर्दै आएका छौँ ।’ – उनले भने ।

 

अहिले नेपालका पोखरासहित विराटनगर, काठमाडौँ, चितवन, बिर्तामोड, इटहरीलगायत शहरमा रहेका चेन डिपार्टमेन्टल स्टोरहरुमार्फत विक्रिवितरण भैरहेको पराजुलीले जानकारी दिए ।

आज पोखरामा भएको एक कार्यक्रममार्फत प्रालिले सुकदेव कार्कीलाई पोषिलो फुड्सको ‘ब्राण्ड एम्बास्डर’ घोषणा गरेको छ ।

कार्यक्रममा पोषिलो फुड्सको ब्राण्ड एम्बास्डर सुकदेव कार्कीले मानव शरिरलाई व्यायामसँगै पौष्टिक आहारा पनि मिलाएर खानु आवश्यक रहेको बताए ।

त्यस्तै विशेषज्ञ श्रीविद्या रघुनाथन कायस्थले बच्चादेखि वृद्धसम्मका शरिरलाई प्रोटिन अत्यावश्यक भएकाले प्राकृतिकरुपमा बनेको पोषिलो प्रोडक्टसको सातु प्रयोग उचित भएको बताइन् ।

त्यसैगरि नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बरालले स्वास्थ्यप्रति सचेत रहन सबैलाई आग्रह गरे ।

कार्यक्रमको सञ्चालन शुसिल पराजुलीले गरेका थिए ।

पोषिलो प्रोडक्टसले बजारमा ल्याएको विभिन्न चार प्रकारका सातु ४०० ग्राम, ८०० ग्राम र २ केजीमा उपलब्ध छ । यिनिहरुको बजार मुल्य १६० देखि १८०० सम्मको रहेको प्रालिले जनाएको छ ।

कमेन्टहरु
Loading...