पोखरा । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर–८ का वडाध्यक्ष रामबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वडाध्यक्ष गुरुङलाई बुधबार साँझ पक्राउ गरेको हो ।
उपभोक्ता समितिका अध्यक्षलाई हातपात गरेको भन्दै इलाका प्रहरी कार्यालय बगरमा जाहेरी दर्ता पछि पक्राउ अनुमति भएपनि वडाध्यक्ष गुरुङ आफै प्रहरी कार्यालयमा उपस्थित भएर आत्मसमर्पण गरेका कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले गन्थनलाई जानकारी दिए । प्रहरीका अनुसार गुरुङ अहिले वडा प्रहरी कार्यालय बगरको हिरासतमा छन् ।
वडाध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै माछापुच्छ्रे–८ खोरामुख–इदीखोला सडक उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले प्रहरीमा जाहेरी दिएका थिए। घटनाको विषयमा अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ ।