पोखरा । पोखराका विभिन्न विद्यालय र कलेजका विद्यार्थीलाई न्यायिक प्रशिक्षण दिइएको छ । पोखरा महानगरपालिका न्यायिक समितिको आर्थिक सहयोग र प्रेस क्लब गण्डकी प्रदेशकको आयोजनामा विद्यार्थीहरुलाई प्रशिक्षण दिएको हो ।
विद्यार्थीसँग न्यायिक समिति प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम पोखरा १३ मा रहेका भद्रकालि मावि र पोखरा ८ बगालेटोलमा रहेको हिमाल कलेज अफ म्यानेजमेन्टमा सम्पन्न भएको छ ।
भद्रकालिमा भएको कार्यक्रमको उद्घाटन न्यायिक समिति सदस्य कालिदास पोखरेल गरे । उनले न्यायिक समितिले गर्ने काम उत्कृष्ट र अब्बल रहेको बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र भण्डारी लगायतले शुभकामना मन्त्व्य राखेका चिए ।कार्यक्रम प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न भएको भएको थियो ।
त्यस्तै हिमाल कलेज अफ म्यानेजमेन्टमा आयोजित कार्यक्रममा पोखरा महानगर वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले उद्घाटन गरे । उनले न्यायिक समितिका बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको बताउदै यो प्रभावकारी बनेको बताए।
प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीकको अध्यक्ष तामा भएको कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख जनकराज पौडेल र प्रेस क्लब गण्डकीका कोषाध्यक्ष राजु गिरी लगायतले बोलेका । कार्यक्रममा पोखरा महानगर न्याायिक समिति सदस्य कालिदास पोखरेल कानुन अधिकृत राममणी अधिकारे गठन प्रकृया बारे प्रशिक्षण दिए ।