पोखरा । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटि कास्कीले सरसफाई एवं वृक्षरोपण गरेको छ ।
कमिटिले शुक्रबार पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको मदन आश्रित पार्कमा सरसफाई एवं वृक्षरोपण गरेको हो ।
अनेरास्ववियुका केन्द्रीय स्यायी कमिटि सदस्य एवं गण्डकी प्रदेश कमिटिका सह इन्चार्ज बिजय पौडेलको प्रमुख आतिथ्यतामा सरसफाई एवं वृक्षरोपण गरिएको अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिए ।
कार्यक्रममा अनेरास्ववियु कास्की इन्चार्ज अनुप लामिछाने, कास्की सहइन्चार्ज रोशन भट्टराई र अनु सुवेदीको समेत उपस्थितिमा कार्यक्रम गरिएको थियो ।
कमिटिले जननेता मदन कुमार भण्डारीको ७२औं जन्म जयन्तीको अवसरमा उक्त कार्यक्रम गरेको हो ।