पोखरा । पोखरामा शुक्रबारदेखि सुरु भएको पहिलो नेपाल–चीनमैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि चीनकै सिचुवान ड्रागन बोट टिमले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा सिचुवान टिमले जित हासिल गरेको हो । उक्त टिमले दुवै विधामा जित हासिल गरेको हो । बिजेता बनेसँगै चिनको सिचुवान ड्रागन बोट टिमले ५ लाख ५० हजार रुपैयाका दरले दुवै विधा गरि ११ लाख रुपैया पाएको छ ।
त्यस्तै नेपाली टिम ‘नारा ड्रागन बोट टिम’ दोस्रो बन्न सफल भएको छ । २ र ५ सय मिटर दुवै विधामा दोस्रो स्थान बनाएको उक्त टिमले ३ लाख ५० हजार रुपैयाँका दरले ७ लाख रुपैयाँ पाएको छ । त्यस्तै चिनको युनान ड्रागन बोट टिम तेस्रो र नेपाली टिम एनआरसीए चौथो बन्न सफल भएको छ ।
प्रतियोगितामा नेपाल र चीनका ४–४ गरी ८ टिम सहभागी थिए । प्रतियोगितामा भाग लिएका ८ वटै टिमले जनही नगद १, १ लाख रुपैयाँदरले प्राप्त गरेका छन् ।