पोखरा । एसइइ परिक्षा दिएर बसेका बिद्यार्थीलाइ लक्षीत गर्दै गण्डकी बहुप्राविधिक शिक्षालय पोखराले संचालन गरेको निशुल्क कम्प्युटर तालिम सम्पन्न भएको छ ।
शिक्षालयले बिहिबार एक औपचारिक समारोहको आयोजना गरि तालिम समापन गर्दै सहभागीहरुलाइ प्रमाणपत्र प्रदान गरेको छ । बिभिन्न तीन समुहमा संचालन गरिएको उक्त तालिमा ६० जना सहभागी थिए ।
एसइइ दिएर बसेका बिद्यार्थीको फुर्सदको समयलाइ उत्पादनमुलक बनाउने उद्देश्यले शिक्षालयमा यसै वर्ष देखि कम्प्युटर तालिम संचालन गरिएको हो। शिक्षालयका निर्देशक लक्षमण तिमिल्सनाका अनुसार, सिटिइभिटी को पाठ्यक्रम अन्तर्गत ३९० घण्टाको छोटो अवधी तालिमका रुपमा यो कार्यक्रम ल्याइएको हो ।
तलिम गत बैशाख २४ गते देखि दैनिक रुपमा संचालन भएको थियो । तालिमका लागि बैशाखको शुरुवातमा आवेदन माग गरिएको थियो । तालिमका लागि डेढसय जनाले आवेदन दिएका थिए । उक्त आवेदनहरु मध्य, सिटिइभिटि तालिम योग्यता मापदण्ड पुरा गरेका व्यक्तिहरु ६० जनालाइ तालिमका लागि छनौट गरिएको थियो । तालिमका लागि आवेदनसँगै जन्मदर्ता प्रमाणपत्र, एसइइ प्रवेशपत्र र वडाको सिफारिस संकलन गरिएको थियो ।
यसैविच उक्त तालिमको समापनका क्रममाका सहभागिहरुलाइ प्रमाणपत्र वितरण गर्दै पोखरा महानगरपालिका क्षिक्षा अधिकृत कृष्ण प्रसाद भण्डारीले कम्प्युटर तालिम प्राविधिक शिक्षाको मुल आधार पनि भएकोले यस्तो शिक्षाले बिद्यार्थीहरुको आगामी शैक्षिक यात्रा उपलब्धीमुलक बनाउन सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिममा सहभागी संपूर्ण बिद्यार्थी को उज्जवल भविष्यको कामना गरे ।
त्यसैगरि कार्यक्रममा बोल्दै गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्षमण तिमिल्सनाले कम्यूटर तालिममा सहभागी संपूर्ण बिद्यार्थीको उज्जवल भविष्यको कामना गर्दै निश्चित लक्ष निर्धारण गरि आगामी दिनमा उपयुक्त शैक्षिक विषय रोज्न र करियरका लागि अघि बढ्न बिद्यार्थीहरुलाइ सुझाव दिए ।
उक्त तालिममा इन्जिनीयर कृष्ण प्रसाद धिताल र संचारकर्मी स्मीता अधिकारीले प्रशिक्षण दिएका थिए । प्रशिक्षक कृष्ण प्रसाद धितालको अध्यक्षतामा भएको उक्त तालिम समापन कार्यक्रममा गण्डकी बहुप्राविधिक शिक्षालय शैंक्षिक प्रमुख सरोज अधिकारी, शिक्षालयका शिक्षक इन्जिनियर सुमनचन्द्र सुवेदी लगायतले बोलेका थिए ।
व्यवहारिक शिक्षा र रोजगारमुखि सिप प्रवद्धनका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटसँगको साझेदारीमा पोखरा महानगरपालिका द्धारा गण्डकी बहुप्राविधिक शिक्षालय सञ्चालित छ । बिभिन्न प्राविधिक विषय अध्यापन सँगै सिइिभिटि को पाठ्यक्रममा आधारित लामो तथा छोटो अवधीका शैीक्षक सत्र कक्षा तथा तालिमहरु यस शिक्षालयले प्रदान गरिरहेको छ ।