बेगनासतालमा बराह मन्दिर निर्माणले गति लियो

स्मीता अधिकारी, पोखरा । बेगनासतालको विचभागमा पर्ने कडेल टुँडामा बराह मन्दिर बनाउन शुरु गरिएको छ । हिन्दु धार्मीक मान्यता अनुसार, बराहलाइ जलदेवता मानिन्छ । जलाधार क्षेत्रमा बसोबास गर्ने मानिसले जलदेवता खुशि पार्नु पर्ने मान्यतामा बेगनासतालमा पनि बराह क्षेत्र बनाउन लागिएको हो ।

यस अघि करिव आधा शताब्दी भन्दा बढि समय देखि फेवातालमा ताल बाराही को पुजा गरिंदै आइएकोछ । बेगनासतालमा पनि बेगनासताल बराह मन्दिर निर्माण गरि धार्मीक पर्यटन प्रवद्र्धन गर्न लागिएको स्थनीय सामाजिक व्यक्ति ध्रुवनाथ अधिकारीले बताए ।

आर्थीक वर्ष २०७९र८० मा बेगनासताल बराह निर्माण का लागि गण्डकी प्रदेश सरकारले रु ५० लाख रुपैया सहयोग गरेको थियो। यसै अनुरुप बराह क्षेत्रका रुपमा लक्ष्मी नारायण को मूर्ती सहित प्यागोडा शैलिको मन्दिर निर्माण गर्न लागिएको छ ।

यसैविच आइतबार ,बेगनासताल बराह क्षेत्र पर्यटकिय पुर्वाधार निर्माण समितिले एक औपचारिक समारोहको आयोजना गरि मन्दिर शिलान्यास गरेको छ । उक्त मन्दिरको शिलान्यास गण्डकी प्रदेशका उद्योग , पर्यटन, वन, तथा वातावरण मन्त्रि दिपेन्द्र बहादुर थापाले गरेका हुन् ।

बराह मन्दिर शिलान्यासका क्रममा मन्त्रि थापाले प्राकृतिक रुपले भरिपुर्ण बेगनासताल क्षेत्र मा बजेट खर्च गर्न सबै निकाय तथा सरोकारवालाले ठूलो मन गर्नु पर्ने बताए । बेगनासको धार्मीक तथा पर्यटन विकासले समग्र प्रदेशकै अर्थतन्त्रमा टेवा पुर्याउन सक्ने भन्दै उनले आगामी आर्थीक वर्षमा पनि प्रदेश सरकारले सहयोग गर्ने बताए ।

तालबाराही मन्दिर बनाउने अभियान को शुरुवात स्वरुप स्थानीयवासीले बि सं २०७५ सालमा बेगनासताल डुंगाघाटमा श्रीमदभागवत ज्ञान महायज्ञ संचालन गरेका थिए । उक्त ज्ञान महायज्ञबाट संकलित रकमको व्याज समेत केहि ,यस बराह क्षेत्रको विकासका लागि खर्च गरिएको स्थानीयवासीले बताएका छन् ।

बराह मन्दिर शिलान्यास कार्यक्रममा बगनासताल वारी र पारिका स्थानीयवासीहरु सहभागी थिए । कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, उद्योग मन्त्रालयका सचिव शेषकान्त पौडेल, उपसचिव बसन्तराज तिवारी, इलाका प्रशासन लेखनाथका प्रमुख कमराज भण्डारी लगायतले बोलेका थिए । कार्यक्रम बेगनासताल बराह क्षेत्र पर्यटकिय पुर्वाधार निर्माण समितिका अध्यक्ष धु्रबनाथ अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सन्चालन सचिब इन्जिनियर दिपक राज कडेल र स्वागत उपाध्यक्ष बिष्णु सुवेदीले गरेकी थिइन् ।

कमेन्टहरु
Loading...