गन्थन संवाददाता, पोखरा । पोखराको लेकसाइड खहरेमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार एक जनाको मृत्यु भएको छ ।
पोखरा हल्लनचोकबाट गैह्राको चौतारातर्फ जाँदै गरेको ग २४ प ३१० नं. को मोटरसाइकल आफै अनियन्त्रीत भई सडक छेउमा रहेको बिजुलीको पोलमा ठक्कर खाएको थियो ।
घाइते बनेका पछाडी सवार काठमाडौं कपनका १८ वर्षीय सफल खतिवडा मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
तनहुँ म्याग्दे गाउँपालिका वडा नं. ४ का १७ वर्षीय संगम बाँनियाले मोटरसाइकल चलाएका थिए ।
उपचाररत बाँनियाको टाउको र घाटीमा चोट लागेको छ ।
दुर्घटना मंगलबार (आज) राती १ः१० बजे भएको थियो ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।