२ किलो गाँजा सहित पोखराबाट १ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा ३० पावरहाउसबाट एक जनालाइ लागु औषध सहित पक्राउ गरेको छ ।
पृथ्बी राजमार्ग सडकमा सवारी साधन चेकजाचँ गर्ने क्रममा पोखरातर्फ आउदै गरेको बसमा सवार पोखरा २४ स्थायी घर भई हाल पोखरा १८ शितलबस्ती बस्ने वर्ष २५ को बसन्त सुबेदीलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्की जनाएको छ । सुबेदीको साथबाट गाँजा २ किलो ७८२ ग्राम र मोवाईल १ थान फेला परेको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेको सुबेदीलाइ जिल्ला अदालत कास्कीबाट लागू औषध सम्बन्धी मुद्दामा मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडी बढाइएकको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कमेन्टहरु
Loading...