घामपानी सहकारी र मणिपाल शिक्षण अस्पताल बीच सम्झौता

पोखरा । घामपानी बचत तथा ऋण सहकारी संस्था र मणिपाल शिक्षण अस्पताल बीच सहकारी सदस्यहरुलाई स्वास्थ्य उपचारका क्रममा छुट सुविधा उपलव्ध गराउने गरी सम्झौता भएको छ ।

पोखरा ४ मा रहेको घामपानी साकोसका तर्फबाट प्रबन्धक रबिन्द्र तिवारी र मणिपाल शिक्षण अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सहकारीका प्रबन्धक तिवारीका अनुसार सदस्यहरुले अस्पतालमा स्वास्थ्य उपचार गर्दा दर्ता शुल्कमा शत प्रतिशत, सामान्य बेडमा २५ प्रतिशत, नियमित जाँच तथा प्याथोलोजिमा १५ प्रतिशत, न्युरोसर्जरी तथा अति विशिष्ट सेवा बाहेकका अपरेसनमा १० प्रतिशत, विशेष अनुसन्धान (plain CT scan, plain MRI ) मा १० प्रतिशत छुट सुविधा पाउन सक्नेछन् । त्यस्तै डाक्टरको परामर्शमा कुनैं शुल्क नलाग्ने संस्थाले जनाएको छ।

कमेन्टहरु
Loading...