पोखरा । तनहुँ १ मा उपनिर्वाचन हुने दिन १० वैशाख आइतबार राजमार्गमा सवारी साधन चलाउन निशेध गरिएको छ । निर्वाचन क्षेत्रमा सवारी साधन आवागमन रोकिने भएपछि सोही क्षेत्रमा पर्ने राजमार्गमा समेत चल्ने सवारीसाधन नचल्ने भएका छन् ।
बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म उक्त क्षेत्रको राजमार्गमा सवारी साधनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएसँगै सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
तनहुँ १ मा उपनिर्वाचनमा कांग्रेसका गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट स्वर्णिम वाग्ले लगायतअरु पार्टीहरुबाट समेत गरी ९ जना प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छन् ।