पोखराको लेकसाइडमा चैत्र २९ गतेदेखि नव बर्ष महोत्सव हुने

गन्थन संवाददाता, पोखरा । पर्यटकीय नगरी पोखराको लेकसाइडमा नेपाली नयाँ वर्षको अवसरमा १८औं फेवा नव बर्ष महोत्सव हुने भएको छ । होटल संघ पोखराको आयोजनामा हुने महोत्सव बैशाख १ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सव लेकसाइडको फिस्टेल गेटदेखि हल्लनचोकसम्म करिब साढे २ किलोमिटर सडकमा हुने १८औं फेवा नवा बर्ष महोत्सवका संयोजक तथा होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

पर्यटन, संस्कृति र खानालाई जोड दिँदै पर्यटन क्षेत्रलाई पनरुत्थान गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको सुवेदीले बताए ।

साथै महोत्सवले गण्डकी प्रदेशको जातीय भेषभुषा, रहनसहन, खानपान, साँस्कृतिक पक्षहरुको उजागर र प्राकृतिक सम्पदाहरुको प्रवद्र्धन गर्ने विश्वास आयोजकको छ ।

महोत्सवमा गीतसंगीत, ख्याती प्राप्त कलाकारहरुको गायन प्रस्तुती, साँस्कृतिक झाँकी र खानाका परिकार राखिनेछ । साथै आजोजकका अनुसार महोत्सवलाई लक्षित गरि संघ अन्तरगतका होटलहरुले प्रकाशित दररेटमा २० प्रतिशत छुट दिनेछन् ।

कमेन्टहरु
Loading...