पोखरा । नेकपा एमाले केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरु आयआर्जनसंग जोडिनुपर्नेमा जोड दिएकी छिन् । नेकपा एमालेको ग्रास रुट अभियान अन्र्तगत अखिल नेपाल महिला संघ पोखरा महानगरपालिका वडा नम्वर १९ ले मंगलबार आयोजना गरेको उद्घोषण तालिमको समापन कार्यक्रममा बोल्दै समाजमा स्थापित हुन आर्थिक रुपमा सक्षम र बलियो हुर्नका लागि आयआर्जनसंग जोडिनुपर्ने गुरुङले बताइन् ।
उनले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यले उपमेयरसंग महिला कार्यक्रम ल्याएको बताउदै उक्त कार्यक्रम मार्फत उद्यमी बन्न आग्रह गरिन् । उनले आर्थिक, सामाजिक र राजनीतिक रुपमा स्थापित हुन आर्थिकले भुमिका खेल्ने भएकाले रोजगार बन्नुपर्ने खाँचो औल्याइन् । उनले नेपाली प्रगतिशिल महिलाहरुको साँझा संस्थाको रुपमा अनेमसंघ रहेको बताउदै यसमा सहभागी हुन अनुरोध गरिन् । नेपाली महिला आन्दोलनको अगुवा संगठन भएकाले महिलाहरुलाई संगठित गदै अन्याय र अत्याचारका विरुद्धमा आवाज बुलन्द्ध पार्नुपर्ने खाँचो औल्याइन् ।
उनले अनेमसंघको गठन पोखरा १९ बाटै भएको भन्दै यहाँका महिलाहरु जागरुक रहेको बताइन् । नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्ष दीलिप न्यौपानेले ग्रास रुट अभियानले एमालेलाई बलियो बनाउदै पहिलो शक्तिका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए । अनेमसंघ पोखरा १९ का अध्यक्ष हेमा केसीको अध्यतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुनिता बास्तोलाले गरेको एमाले १९ का सचिव विकास गौतमले जानकारी दिए । उद्घोषण कला तालिमको प्रशिक्षकको रुपमा पत्रकार जमुना वर्षा शर्मा रहेकी थिइन् ।