पोखरा । कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीले शुक्रबार कास्कीमा रहेका सहकारीको अग्र भागमा रहेर काम गर्ने कर्मचारीहरुको क्षमता विकास गर्न दुइ दिने तालिम आयोजना गरेको छ । कास्कीका विभिन्न सहकारीका अग्रभागमा रहेर काम गर्ने १४० जना कर्मचारीलाई उनीहरुको कार्यलाई अझ उत्कृष्ट बनाउन दुइ दिने क्षमता विकास तालिम पोखरामा भएको हो ।
कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीका अध्यक्ष अपिल कोइरालाले कोअपरेटिभ म्यानेजर्स क्लब सहकारीमा सेवा गर्ने व्यवस्थापकदेखि कर्मचारीहरुलाई आफ्नो कार्यमा दख्खल बनाउने र उत्कृट कर्मचारीको उत्पादन गर्न सहयोग पुराउने संस्था रहेको बताए ।
तालिममा कृष्ण प्रसाद आचार्यले सहजीकरण गरेका थिए ।