घनश्याम लामिछानेको निर्देशनमा ‘चित्रा’

पाेखरा । राम नवमीको अवसरमा  बिहीबार  ‘चित्रा’ को घोषणा गरिएको छ ।   आगामी भदौबाट छायांकनमा जाने सिनेमामा निर्माता सन्तोष अधिकारीको मुख्य भूमिका रहनेछ । चित्रामा सन्तोष अधिकारीको साथमा अर्पण थापाको पनि अभिनय रहने छ्।
पारिवारिक कथामा निर्माण हुने सिनेमाको छायांकन नेपालमा नै गरिनेछ । सिनेमाले मध्यम वर्गीय बाबु र छोरीको कथा प्रस्तुत गर्ने निर्देशन लामिछानेले बताए । निर्देशक लामिछाने निर्देशनमा निर्माण भएको सिनेमा ‘लण्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छ । यो सिनेमाको प्रदर्शन पश्चात ‘चित्रा’ फ्लोरमा जाने तयारी भैरहेको छ ।
उनले ‘धौली, पञ्चेबाजा, अग्निदहन’ लगायतका सिनेमा निर्देशन गरिसकेका छन् । ‘चित्रा’ एसाप इन्टरटेनमेन्टको प्रस्तुतिमा सन्तोष अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुनेछ । भावना पन्तको लगानी रहने सिनेमाको कथा अजय अधिकारीले तयार पारेका हुन् ।
अजयको कथालाई अहिले मनिष गौतमले पटकथा तथा संवादमा ढालिरहेका छन् । सिनेमामा कथाकार अधिकारीको गीत रचना र सुरेश राईको संगीत रहनेछ । निर्माता अधिकारीले केही समय अगाडि ‘डलर एयुडी’ नामक सिनेमाको पनि निर्माण घोषणा गरेका थिए । त्यो सिनेमा पनि चाँडै फ्लोमा जाने तयारीमा रहेको अधिकारी बताउँछन् । उनले निर्माण गरेको सिनेमा ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।
कमेन्टहरु
Loading...