पोखरा । पोखरामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न चालकहरुलाई ट्राफिक सचेतना गराइएको छ । आज (आइतबार) पोखराको जिरो किमी सडकखण्डमा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजना तथा ट्राफिक प्रहरी प्रस्याङ बिट, अभियान महिला समूह र अभियान युवा क्लबको सहकार्यमा उक्त सचेतना गरिएको हो ।
सवारी चलाउँदा ध्यान दिनु पर्ने कुरा, सवारी चढ्दा र ओर्लदा ध्यान दिनुपर्ने कुरा, पैदलयात्रीले सडक पार गर्दा चालकले ध्यान दिनुपर्ने कुरालगाएत ट्राफिक सचेतना चालकहरुलाई दिइएको थियो । साथै चालक तथा पैदलयात्रीलाई ट्राफिक नियमको पूर्णरुपमा पालना गर्न आग्रह गरिएको थियो ।