पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ मा अवस्थित श्री आर्वा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो पहिलो बार्षिकोत्सव तथा स्थापना दिवस सप्ताहव्यापी कार्यक्रम गरि मनाउने भएको छ । संस्थाको फागुन २४ गते बसेको स्रञ्चालक समितिको बैठकले पहिलो बार्षिकोत्सव तथा स्थापना दिवस सप्ताहब्यापी कार्यक्रम गरि मनाउने निर्णय गरेको हो।
सप्ताहब्यापी अन्तरगतका विभिन्न कार्यक्रम चैत्र ६ गतेबाट सुरु भई चैत्र १२ गते समापन हुने छ। जसअनुसार ६ गते माध्यमिक बिधालय निबन्ध लेखन प्रतियोगिता, ७ गते सरसफाई कार्यक्रम, ८ गते सहयोग हस्तान्तरण, ९ गते अन्तरक्रिया, १० गते रक्तदान, ११ गते पाठेघरको मुखको क्यान्सर सम्वन्धि सचेतना र १२ गते जेष्ठ नागरिक सम्मान तथा समापन कार्यक्रम आयोजना हुनेछ ।
कार्यक्रमहरु सफल बनाउन नवीन बरालको संयोजकत्वमा विभिन्न उपसमिति संयोजक तोकिएको सहकारीले जनाएको छ । निबन्ध लेखन प्रतियोगितको संयोजकमा बिन्दु बराल, सरसफाई कार्यक्रमको संयोजकमा सिर्जना बराल, गरिब तथा असहायलाई सहयोग हस्तान्तरणको संयोजकमा बुद्धि बराल, अन्तरक्रिया कार्यक्रमको संयोजकमा सन्जीब बानियाँ, बृहत रक्तदान कार्यक्रमको संयोजकमा श्रीनाथ वाग्ले, पाठेघरको मुखको क्यान्सर सवन्धि सचेतना कार्यक्रमको संयोजकमा शोभा बास्तोला बराल र जेष्ठ नागरिक सम्मान कार्यक्रमको संयोजकमा सिर्जना बराल रहेका छन् ।