प्लाष्टिक व्यवसायी समितिको रक्तदानमा ३६ युनिट संकलन

पोखरा । पोखरा प्लाष्टिक व्यवसायी समितिको आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ ।

पोखरा महानगरपालिका ९ पोखरा मल अगाडी भएको रक्तदान कार्यक्रमबाट ३६ युनिट रगत संकलन भएको हो । पोखरा ९ का वडाअध्यक्ष दिपेन्द्र मर्सानीले ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।

वडाध्यक्ष मर्सानीले व्यवसायलाई मात्रै अघि नबढाई सामाजिक कार्यलाई समेत अघि बढाउनु प्रशंसनिय कार्य भएको बताए । उनले आमागी दिनमा समेत यसरी नै सामाजिक कार्यमा अझ सक्रियरुपमा लाग्न आग्रह गरे ।

पोखरा प्लाष्टिक व्यवसाय समितिका अध्यक्ष ऋषिराम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम संचालन सचिव परशुराम तिवारीले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक तथा समितिका उपाध्यक्ष रामचन्द्र लामिछानेले राखेका थिए । कार्यक्रममा प्रादेशिक रक्तसंचार कार्यालयका महेन्द्र केसीको नेतृत्वमा प्राविधिक टोली आएका थिए ।

कमेन्टहरु
Loading...