अन्नपूर्ण १ मा एमालेको मिसन ग्रास रुट अभियान

पोखरा । मिसन ग्रास रूट अभियान अन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ वडा कमिटीको बैठक तथा वडा अग्रज सम्मान कार्यक्रम सम्पन्न भएको छ । कमिटीका अध्यक्ष छविलाल दाहालको अध्यक्षतामा कार्यक्रम आइतबार सम्पन्न भएको हो ।

बैठकमा पार्टी केन्द्रीय कमिटी सदस्य तथा अभियानको पालिका प्रतिनिधि कमरेड कल्पना चापागाईंले पार्टी सुदृढीकरण गर्ने सवालमा यो अभियान उपयोगी बनिरहेको बताइन् ।

बैठकमा पार्टी जिल्ला कमिटी सदस्य सिव अधिकारी, पार्टी पालिका कमिटी अध्यक्ष विवेक देवकोटा लगाएत का नेताहरूले अभियानको सान्दर्भिकता र कमिटीले गर्ने कामका विषयमा आफ्ना भनाइ राखेका थिए ।

बैठकमा वडाका पाँच जना अग्रजहरूलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेमा विरबहादुर श्रेष्ठ, बालाकृष्ण सुवेदी, बालाकृष्ण दाहाल, कृष्ण बहादुर परियार, नारायण बहादुर कुवरलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन कमिटीको सचिव बिष्णहरी भुगाईले गरेका थिए ।

कमेन्टहरु
Loading...