राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं । नेपालको राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पौडेलले ३३ हजार ८ सय २ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २ सय १४ संघीय सांसद र ३ सय ५२ प्रदेश सांसदको मत पाएका हुन् ।

पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले साथ दिएकाे थियाे ।

मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ।

कमेन्टहरु
Loading...