गृहणी महिला हाजिरी जवाफमा कामना जागर आमा समूह प्रथम

पोखरा । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा लेखनाथमा ¥याली सहित गृहणी महिलाहरु वीच हाजिरी जवाफ प्रतियोगिता आयोजना गरि ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस पोखरामा बुधबार भब्य रुपमा मनाएको छ ।

पोखरा महानगर २७ तालचोकबाट ¥याली सहित पोखरा उद्योग वाणिज्य संघको सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महिला पुरुष वीचको असमानता अन्त्य गर्दै समतामुलक समाज निर्माण गर्नुपर्नेमा जोड दिए । उनले महिलालाई कुनै अधिकार नदिएको अवस्थामा महिलाहरुले अधिकार र समान ज्यालाका लागि गरेको आन्दोलनले विश्व ब्यापी रुप लिएर सफल भएको दिवसका रुपमा मनाउन थालिएको बताएका थिए ।

महिला र पुरुषका वीचमा विभेद हुन नहुने बताउदै एक रथका दुई पाङ्ग्रा भएको उल्लेख गर्दै समानताका लागि साझा रुपमा अगाडि बढनुपर्नेमा जोड दिए । पोखरा महागनरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरुले अधिकार प्राप्तिका लागि धेरै संघर्ष गर्नु परेको स्मरण गरिन् । उनले महिला र पुरुषवीचको असमनतालाई अन्त्य गर्दै समतामुलक समाज निर्माणमा दिवसले भुमिका खेल्ने विश्वास ब्यक्त गरिन् ।

कार्यक्रममा पोखरा महानगर वडा नम्बर २ का अध्यक्ष दिवसमान प्रधानाङ्ख, वडा नम्बर १७ का वडाध्यक्ष राधिका शाही योगिले महिलाहरुलाई विभेद नगरी समान अवसर प्रदान गर्नुपर्नेमा जोड दिए ।

यसैबीच महानगर स्तरीय गृहणी हाजिरी जवाफ प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १ को कामना जागरण महिला समूह प्रथम, वडा नम्वर १५ को सृजना आमा समूह द्वितीय, पोखरा २ को जयमुल आमा समूह तृतीय र पोखरा २४ को कास्की कोट महिला सहकारी र यूनिटि महिला समूहले सान्त्वना स्थान प्राप्त गरे ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वनाले क्रमश १५ हजार, १० हजार, ७ हजार र सान्त्वना दुई समुले ५÷५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामन ७२ समूह सहभागी भएका थिए ।यता ¥यालीमा सरस्वती आमा समूह पोखरा ३३ उत्कृष्ट हुदै १० हजार रुपैयाँ प्राप्त ग¥यो । कार्यक्रममा विजेतालाई पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, वडा अध्यक्ष राधिका कुमारी शाही योगीले प्रमाणपत्र र नगद प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...