पोखरा । देशको आर्थिक उन्नतीका पर्यटन प्रवद्र्धनमा महिला नेतृत्व अपरिहार्य रहेको नवलपुर हुप्सीकोट गाँउपालिका लक्ष्मी पाण्डेले बताइन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को टोली पोखरा–चितवन–नवलपुरका पर्यटन व्यवसायीहरु सँग व्यवसायीक अवसर र चुनौती विषयक अन्तरक्रियामा उनले महिलाहरु आफै व्यवसायी बन्नुपर्ने धारणा राखिन । पयर्टन विकासमा सहि मार्ग निर्देश गर्न महिलाको भुमिका महत्वपुर्ण मात्र नभै अपरिहार्य रहेको अध्यक्ष पाण्डेले बताइन् । उनले पोखराका पर्यटन व्यवसायी महिला गोलबद्ध भइ पर्यटन प्रवद्र्धनमा अग्रसर भुमिका निर्वाह गरेकोमा खुशी व्यक्त गर्दै अन्य क्षेत्रका महिलाहरुले पनि सिक्नुपर्ने उनको धारणा छ ।
‘महिलाहरूमा हिम्मत र ज्ञान उत्तिकै चाहिन्छ, यो सफलताको शुत्र हो,पर्यटन व्यवसायी महिला मञ्च स्थापना गरि पर्यटन प्रवद्र्धन गर्नु आफैमा खुशीको कुरा हो, महिला आफै परनिर्भर नभै सक्षम हुनुपर्छ ।, उनले भनिन्,
गाँउपालिका राष्ट्रिय महासंघकी अध्यक्ष समेत रहेकी पाण्डेले नीती निर्माणमा महिलाको सहज पहुँच बनाउन सके उनीहरुमा केहि गर्न सकिन्छ भन्ने उर्जा थपिने बताइन् । देशको आर्थिक उन्नति को बाटो पहिल्याउन महिला नेतृत्व आवश्यक छ ।, नीती निर्माणमा सुधार गर्न सके हरेक ठाँउमा महिला व्यवसायी बन्न प्रेरणा मिल्छ ।, उनले आफनो क्षेत्रमा आफुले मिल्ने सम्मको सहयोग गर्ने प्रतिवद्धता समेत गरिन् ।
महिला पर्यटन व्यवसायी मञ्चका अध्यक्ष उमा भण्डारीले संस्थाले पर्यटन व्यवसायी महिलाहरुको क्षमता,दक्षता सुधार सगै आन्तरिक बाह्य पर्यटन प्रर्वद्धन जोड दिएको बताइन् । कोभिडबाट थलिएको पर्यटन केहि हदसम्म उकासिएपनि सन्तोषजनक हुन नसकेको उनको बुझाइ छ ।
‘पर्यटन प्रवद्र्धन हाम्रो उदेश्य हो ।, हामी जहाँ जान्छौ त्यस ठाँउमा पर्यटन व्यवसायीसंग केहि सिक्ने र जानेको सिकाउने गछौ ।,पर्यटनको दृष्टिले नेपालमा संभावना उत्कृष्ट छ तर पनि यसको उचित विकास र खोजिमा अहिले पनि पछाडी छौ । यसमा पनि महिलाहरु कमै छन् ।, उनीहरु किन पछाडी परिरहेका छन् पहिचान गरि पर्यटनमा महिलाहरुलाइ हौसला सगै अग्रसर बनाउने उदेश्य संस्थाको हो । भण्डारीले भनिन् ।
नवलपुर अँमलटारी होमस्टेका अध्यक्ष प्रेम शङकर मर्दनिया थारुले पहिलो पटक महिला पर्यटन व्यवसायी संस्था पनि छ भन्ने सुन्न आश्चर्य मान्दै भेटने अवसर पाएकोमा खुशी व्यक्त गरे । उनले भने, ‘महिला पर्यटन व्यवसायी मञ्च पहिलो पटक नाम सुने मैले थाहा पाएको थिइन्, हजुरहरुको आउने खबरले भेटने हुटहुटी थियो । यो उत्साह र लगाव देखेर निकै खुशी लाग्यो ।,उनले पर्यटन व्यवसायी महिलाहरुको आगमनले आफना क्षेत्रका महिलाहरुमा हौसला मिल्ने बताए । होमस्टे महासंघका अध्यक्ष समेत रहेको उनले २०६९ सालमा आफुले नवलपुर अमलटारीका होमस्टे संचालन गर्दाको समस्या सम्झदै सानो सोचले पनि ठुलो परिवर्तन गर्न सक्ने बताए ।
‘यो होमस्टे संचालन गर्ने कल्पना गर्दा कतिपयले मलाइ ‘गधा’ मान्छे पनि भने । सर्घष गर्दै जादा त हुने रहेछ । सानो सोचले पनि ठुलो परिवर्तन ल्याउन सक्छ भन्ने उदाहारण हो ।, उनले थपे । पर्यटन व्यवसायी महिलाको प्रशंसा गर्दै होमस्टे संचालनलमा पनि महिलाहरुकै महत्वपुर्ण भुमिका रहने उनको भनाइ थियो ।
संस्थाका निवर्तमान अध्यक्ष पार्वती पाण्डेले पोखरामा जस्तै अन्य ठाउमा पनि पर्यटन व्यवसायी महिला समुह स्थापना गर्न सुझाइन । हरेक क्षेत्रमा महिला पर्यटन समुह गठन गर्दा त्यस क्षेत्रको पर्यटनमा सहयोग पुग्ने उनको बुझाइ छ ।
संस्थापक अध्यक्ष जमुना पराजुलीले पर्दा पछाडि रहेका व्यवसायी महिलालाइ अगाडि ल्याउन २०७४ सालमा संस्था स्थापन गरि निरन्तर व्यवसायी महिलाको क्षमता विकास,दक्षताका साथै पर्यटन प्रवद्धृर्न गर्दै आएको र यसबाट निकै परिवर्तन ल्याउन सफल भएको बताइन् ।
संस्थाका सल्लाहकार नर्मला कँडेलले महिलाहरुले घर धान्नु पर्ने बाध्यता सङै व्यवसायमा पनि पुरुषले भन्दा बढि समय दिने बताउदै व्यवसायी संचालनमा महिलाको महत्वपुर्ण भुमिका निर्वाह गर्ने दावी गरिन् ।
गाँउ पर्यटन प्रवद्धर्न (भिटोफ) गण्डकीका सचिव तथा संस्थाका कार्यसमिति सदस्य शुसिला भण्डारीले देशभरका अधिकांश होमस्टेमा संचालन व्यवसायीले अर्गानिक खाना उपलब्ध गराउन नसक्नु कमजोरी रहेको टिप्पणी गर्दै सुधार गर्नुपर्ने सुझाइन् ।
नारी दिवसको अवसर पारेर संस्थाको उपाध्यक्ष ममता न्यौपानेको संयोजकत्वमा पोखरा–चितवन–नवलपुरका पुगेका महिला व्यवसायीक टिममा मञ्चका ३० जना प्रतिनिधि सहभागी थिए ।