पाेखरा । नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीले मिसन ग्रास रूट कार्यक्रम अन्तर्गत मंगलबार कास्किको अन्नपूर्ण गाउँपालिका वडा नं. ५ झोवाङ्गमा वडा कमिटिको बिस्तारित बैठक सम्पन्न भएको छ ।
बैठक केन्द्रिय कमिटी सदस्य कल्पना चापागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। चापागाईंले संगठन मजबुत बनाउदै देशको समृद्धिका खातिर बलियो एमाले यो अभियानको लक्ष्य भएको हुँदा टोल टोल र घर घरमा पुग्न आग्रह गरिन् ।
उक्त बैठकमा प्रदेश कमिटी सचिबालय सदस्य तथा जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेल ,गण्डकी प्रदेश कमिटी सचिबालय सदस्य दिपक पौडेल, प्रदेश कमिटी सदस्य हरिकृष्ण भट्टराई, जिल्ला कमिटी सदस्य कृतिनाथ देबकोटा, सो पार्टीका अन्नपूर्ण गाउँपालिका कमिटी अध्यक्ष बिबेक देबकोटा लगायतले अभियानको बारेमा प्रकाश पारेका थिए ।
यसअघि नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटी कास्कीको पूर्ण बैठकले संगठन सुदृढीकरण राष्ट्रिय अभियान अन्तर्गत उक्त अभियान संचालन गर्ने निर्णय गरेको थियो । बैठकले टोलदेखि वडा सम्मका विभिन्न कार्ययोजना तयार गरेको गण्डकी प्रदेश कमिटी प्रचार बिभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिए ।
यस अघि सो अभियान अन्तर्गत पालिकाका वडा न ११,१० ६ र ५ बैठकहरू सम्पन्न हुनुका साथै अग्रजहरूको सम्मान कार्यक्रम सम्पन्न भैसकेका छन।
बैठक ने क पा ९एमाले० गाउँपालिका वडा न। ५ कमिटीका अध्यक्ष लाल बहादुर के ।सि। को अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सदाखर पौडेल र संचालन गोबिन्द पौडेलले गर्नुभएको थियो।