के घर परिवारप्रतिको जिम्मेवारी महिलाको मात्रै हो ?

सरू लम्साल । 

 आज “११३ औँ अन्तर्राष्ट्रीय महिला दिवस”अन्तर्राष्ट्रीय महिला दिवसले महिला विरूद्ध हुने सबै प्रकारका हिंसा र विभेदलाई निर्मुल गर्दै समानता र न्याय सुनिश्चित गर्न सबैमा थप ऊर्जा मिलोस् हार्दिक शुभकामना ।

 

आज धेरै ठाऊँमा महिला दिवसका बारेमा कार्यक्रम हुने गर्दछन् । प्राय सबैजसो कार्यक्रमहरूको निचोड महिला र पुरूष दुवैमा लैंगिक समानता हुनुपर्छ भन्ने अभिप्राय हुन्छ । तर हाम्रो समाजमा महिला प्रशासन देखि राष्ट्रपतिसम्म र विधालयदेखि न्यायालय सम्म पुगेता पनि ऊनीहरूलाई कॉंही कतै कुनै रूपमा तिमी महिला है भन्ने अनुभुति तपाई हामिले गराईरहेका हुन्छौ ।

 

आफ्नो घर परिवार, बाल बच्चा र समाजप्रतिको ज़िम्मेवारी पुरा गर्दै आर्थिक रूपमा सबल हुनलाई प्रयासरत एक महिलाले नाम नबताऊने सर्तमा म र मेराे श्रीमानले एऊटै अफिसमा काम गर्छौ तर विहान घरको सबैकाम गरेर सँगै अफिस निस्केका हामी बेलुकी घर फर्किएपछि मेरो हात खाली हुँदैन । पहिलो कुरा ऊहॉंले खासै सहयोग गर्न खोज्नुहुन्न । यसो सहयोग गर्न लागे घर -परिवारले जोईटिन्ग्रे भन्नुहुन्छ अनि कसरी सहयोग पाऊनु घर अफिसको जिम्मेवारी गार्हो छ भन्दै गुनासो पोखिन् ।

 

के घर परिवारप्रतिको जिम्मेवारी महिलाको मात्रै हो ? मौखिक रूपमा हामिले त समान देख्छौ भन्ने अनि व्यवहारमा कहिले परिवर्तन ल्याऊने । यसैगरी ग्रामीण भेगमा घर समाल्दै आफ्नो अध्ययनलाई निरन्तरता दिँदै गरेकी सितालाई हामिले सोध्यौ “यति बिहानै जुरूक्क ऊठेर आँऊदा के तपाई सजिल्यै घरबाट निस्किन पाऊनुहुन्छ ? ऊनले भनिन् “ बिहे भईसकेपछि माईतीबाट कलेज आएजस्तो त नहुने रहेछ “ऊनले आत्तिदै भन्निन् “बिहै गर्दा जति पढ्छेऊ ऊतिनै पढाऊछौ ,पढ्ने वातावरण मिलाईदिन्छऊ भनेर बिहे गर्न तयार भए अहिले बिहानै ५ बजे कलेज बस आऊछ ,तिन बजेतिर ऊठेर घर ,कसेर बढार्ने , पुछ्ने ,गाई भैँसीलाई कुडो बसाल्ने लगाएतका इत्यादि काम सकेर बल्ल बस चढेकी …..! कहिँलेकॉंही त एक गिलास चिया समेत पिऊन भ्याऊदिन ।”

 

एका बिहानै यतिका गरेर कलेज आऊनु पर्ने पक्कै घर फर्किदा ऊत्तिकै काम हुन्छ होला ,अध्ययनलाई कसरी अगाडी बढाऊनुहुन्छ भनेर सोध्दा ऊनले पुर्ण आत्मविश्वासका साथ “हेर्नु मनमा ढ्रर्ण ईच्छा हुनुपर्छ जसरीपनि समय निकाली पढेर पास गर्न सकिन्छ ।” ऊनलाई नियाल्दै गर्दा यसो सोचे कति मेहनेती मान्छे अनेकथरी बाधा अड्चन हुँदापनि अध्ययनप्रति यति लगाव ।सॉंच्चिकै घरमा अध्ययन गर्ने माहोल भएको भए ऊनि पनि कुनै न कुनै नेत्तत्व तहमा पुग्ने थिईन् होस् ।

 

हामिले मौखिक रूपमा जतिनै महिला अधिकारका कुरा गरेतापनि एऊटा महिलालाई अगाडी बढ्न अर्काे महिलाले नै खुट्टा तान्ने प्रवृत्ती अझै एथावत नै छ । यसो भन्दै गर्दा सबैजनालाई त्यसो भन्न मिल्दैन हाम्रै समाजमा एका दुई यस्ता महिलाहरू पनि छन् जसले एक अर्कालाई अगाडी बढ्न आफ्नो आफ्नो तवरबाट पुर्णतया साथ दिँदै आएका छन् । महिला दिदी-बहिनीहरूले अझैपनि अनेक थरीका हिंसा भोग्नु परेको छ । यस्तै कथाहरु खोज्दै जाने हो भने सायद लेखेर कहिल्यै सकिदैन होला । हिंसा गर्ने भन्दा हिंसा सहनु ठुलो पाप हो भनेर हामि कति सजिल्यै भन्दछौ तर चित्त नबुझेका दुई चार कुरा ऊठॉंउदा सुरू हुन्छन् अनेकथरीका लाल्छन्नाहरू ।

 

आफ्नो घर परिवारको ईज्जत जान्छ भनेर यहॉं पढे लेखेका तथा नेतृत्व तहमा पुगेका र गार्मिण भेगमा घर -परिवार र समाजप्रतिको जिम्मेवारी निभाऊदै आएका धेरै महिलाहरू चुप बस्दछन् । यसैकारणले ऊनीहरू मानसिक रोगको समेत शिकार हुनुपरेको छ । घर परिवार र समाजको ख्याल गर्दै आफुमाथी हुने गरेका अनेक प्रकारका हिंसालाई आजैबाट प्रतिकार गर्न सिकौ । हामि महिलाहरू शैक्षिक ,आर्थिक र सामाजिक तथा मानसिक रूपमा सशत्त नहुँदासम्म परिवार र समाजका सदस्यले विभेद गर्ने अवस्थाको अन्त्य हुँदैन त्यसैले आफ्नो अधिकारप्रति महिला आफै सचेत हुन तथा समाजलाई सचेत गराऊन जरूरी छ ।

कमेन्टहरु
Loading...