चितवन । नारायणगढ–मुग्लिन सडक आज (आइतबार) देखि नियमित सञ्चालनमा आएको छ ।
नयाँ पुल बनाउन तथा सडक मर्मत गर्नु परेका कारण गत पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो अवरुद्ध हुँदै आएको नारायणगढ–मुग्लिन सडक खण्डमा आजदेखी नियमित सवारी साधन आवतजावत भएको हो ।
पुल बनाउने र सडक मर्मत कार्य सम्पन्न भएकाले आजदेखी नियमित रूपमा सडक सञ्चालन गरिएको हो ।