एमालेबाट सुवास नेम्वाङ र आठ दलिय गठबन्धनबाट रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार

काठमाडौं । नेकपा एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यता आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।

कमेन्टहरु
Loading...