गन्थन संवाददाता, पोखरा । पोखरा महानगरपालिका भित्रका केही स्थानमा सवारी आवागमनमा असर परेको भन्दै महानगरले सवारी पार्किङ पूर्ण रुपमा निशेध गरेको छ ।
आज बसेको महानगरपालिका यातायात व्यवस्थापन समितिको बैठकले पोखराको पृथ्वीचोक–सभागृहचोक–न्युरोड–विपिचोक–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँबजार–पृथ्वीचोक सडकखण्डमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर परेको तथा सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको भन्दै महानगरले सवारी पार्किङलाई यहि माघ २३ गतेदेखि पूर्णरुपमा निषेध गरेको हो । उक्त निशेधित क्षेत्रमा पार्किङ गरेमा नियमानुसार कारवाही हुने पनि महानगरले जनाएको छ ।
पोखरा महानगरपालिकाले जारी गरेको सूचना यस्तो छः
पोखरा महानगरपालिका अन्तरगत मुख्य सहरी क्षेत्रको सडक (पृथ्वीचोक–सभागृहचोक–न्युरोड–विपिचोक–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँबजार–पृथ्वीचोक) मा सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर परेको तथा सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको हुँदा मिति २०७९/१०/१६ गते बसेको पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको निर्णय अनुसार यही मिति २०७९/१०/२३ गते देखी उल्लेखित स्थानको सडक क्षेत्रमा पूर्ण रूपमा पार्किङ निषेध गरिएको हुँदा तोकिएको क्षेत्रहरूमा मात्र पार्किङ व्यवस्थापन गर्नुहुन सम्पूर्ण सरोकारवालाहरूमा यो सार्वजनिक सूचना जारी गरिएको छ । सूचनाको अवज्ञा गरि निषेधित क्षेत्रमा पार्किङ गरेमा नियमानुसार हुने ब्यहोरा समेत अनुरोध गरिन्छ ।
मिति : २०७९/१०/१६ गते ।
(पोखरा महानगरपालिका
नगर कार्यपालिकाको कार्यालय
न्युरोड