पोखरा । पोखरा महानगरपालिका १३ काहुँखोलमा आइतबार जलेर घाइते भएकी संगिता सापकोटाको मृत्यु भएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचार भइरहेको संगीताको आज (सोमबार) बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी सुवाष तिमिल्सिनाले जानकारी दिए ।
आइतबार घरबेटी संगिता र घरभाडामा बस्ने कृष्णबहादुर जलेको अवस्थामा उद्दार गरि अस्पताल पुराइएको थियो । अहिले कृष्णको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।