फागुन २५ मा राष्ट्रपतिको निर्वाचन, चैत ३ मा उपराष्ट्रपतिको चुनाव

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति पदको निर्वाचन आगामी २५ फागुनमा गर्ने निर्णय गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनु चार दिनअघि २५ फागुनमा राष्ट्रपति पदको निर्वाचनको मिति आयोगले तय गरेको हो ।

सोमबार बसेको आयोगको बैठकले २५ फागुनमा राष्ट्रपति चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो । आगामी २९ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल सकिँदै छ ।

साथै आयोगले आगामी ३ चैतमा उपराष्ट्रपति चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको छ ।

कमेन्टहरु
Loading...