पोखरा । पोखरामा एक जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन् । पोखरा महानगरपालिका वडा नं. १३ मा आज (आइतबार) बिहान घरभित्रै आफ्नो शरिरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन् ।
शरिरमा आगो लगाएको देखेर सोही घरकी घरबेटीले बचाउँन खोज्दा घरबेटी समेत घाइते बनेकी छिन् । आत्मदाहको प्रयास गरेका पुरुषको अहिले पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।