समाचार संकलनका क्रममा पत्रकार घिमिरेलाई गरिएको दुर्व्यवहारप्रति अनलाइन पत्रकार संघ गण्डकीको आपत्ती

पोखरा । समाचार संकलनका क्रममा स्याङजा आँधीखोला गाउँपालिका वडा नं. ४ बाङसिङ दहमा पत्रकार प्रल्हादचन्द्र घिमिरेलाई गरिएको आक्रमणको प्रयास र दुर्व्यवहारप्रति अनलाइन पत्रकार संघ गण्डकीले घोर भत्सर्ना गरेको छ ।

समाचार संकलन गर्ने क्रममा घिमिरेले आफु पत्रकार भएको जानकारी गराउँदै परिचय पत्र देखाउँदा समेत आक्रमणको प्रयास हुनु र अपशब्द बोलिनुमा सिंगो प्रेस माथिकै प्रहार भएको अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष कमल सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

‘चित्त नबुझेको विषयमा वार्ता र सम्वादबाट समाधान खोज्ने र कानूनी उपचारको बाटो हुँदाहुँदै घिमिरेमाथि भएको आक्रमणको प्रयास र दुव्र्यवहारको सत्य तथ्य छानविन गरि दोषीलाई कानूनी कारवाहीको दायरामा ल्यान अनलाइन पत्रकार संघ गण्डकी सम्वन्धित पक्षलाई आग्रह गर्दछ । साथै आगामी दिनमा स्वतन्त्र र निर्भयरुपमा समाचार संकलन, प्रकाशन र प्रशारणको वातावरण मिलाउन सम्वन्धित पक्षलाई ध्यानाकर्षण गराउँदछौं ।’ –जारी विज्ञप्तीमा लेखिएको छ ।

 

यस्तो छ विज्ञप्तीः

मिति: २०७९–१०–११

प्रेस विज्ञप्ती

समाचार संकलनका लागि स्याङजा आँधीखोला गाउँपालिका वडा नं. ४ बाङसिङ दहमा पुग्नुभएका अनलाइन पत्रकार संघ गण्डकीका संस्थापक तथा फेवा टेलिभिजनका समाचार प्रमुख प्रल्हादचन्द्र घिमिरे माथि भएको आक्रमणको प्रयास र दुव्र्यवहार प्रति अनलाइन पत्रकार संघ गण्डकीको ध्यानाकर्षण भएको छ ।

माघ १० गते समाचार संकलनको क्रममा पुग्नुभएका घिमिरेमाथि स्थानीयले गरेको आक्रमण प्रयास र दुव्र्यवहार प्रति अनलाइन पत्रकार संघ गण्डकी घोर भत्सर्ना गर्दछ । साथै पत्रकार घिमिरेले पत्रकार भएको जानकारी गराउँदै परिचय पत्र देखाउँदा समेत उहाँमाथी जथाभावी अवशब्द बोलेर भौतिक आक्रमण गर्न खोज्नु स्वतन्त्र प्रेस माथिकै प्रहारको रुपमा संघले लिएको छ ।

चित्त नबुझेको विषयमा वार्ता र सम्वादबाट समाधान खोज्ने र कानूनी उपचारको बाटो हुँदाहुँदै घिमिरेमाथि भएको आक्रमणको प्रयास र दुव्र्यवहारको सत्य तथ्य छानविन गरि दोषीलाई कानूनी कारवाहीको दायरामा ल्यान अनलाइन पत्रकार संघ गण्डकी सम्वन्धित पक्षलाई आग्रह गर्दछ । साथै आगामी दिनमा स्वतन्त्र र निर्भयरुपमा समाचार संकलन, प्रकाशन र प्रशारणको वातावरण मिलाउन सम्वन्धित पक्षलाई ध्यानाकर्षण गराउँदछौं ।

अध्यक्ष
कमल सुवेदी

कमेन्टहरु
Loading...