गण्डकी विश्वविद्यालयको प्रथम कुलपति रनिङशिल्ड आजदेखि

पोखरा /  गण्डकी प्रदेशको मात्रै नभई नेपालकै पहिलो प्रदेश स्तरीयको विश्वविद्यालय गण्डकी विश्वविद्यालयमा आजदेखि पहिलो कुलपति रनिङशिल्ड सन्चालनमा आउने भएको छ ।
खासमा नेपालको धेरै जस्तो विश्वविद्यालयमा हेर्ने हो भने देशको प्रधानमन्त्री कुलपति हुने हुन्छ तर यस विश्वविद्यालयमा त्यो भन्दा केही फरक छ जस्मा प्रधानमन्त्री कुलपति छैन्न । गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङको सम्मानमा हुन गैरहेको यस प्रतियोगिता १३ गते सम्म पोखरा रंगशालामा सन्चालनमा आउने छ ।
प्रतियोगितामा १२ वटा विभिन्न विद्यालयहरुको प्रतिस्पर्धा हुने छ जसमा पोखराका कक्षा ११-१२ मा पढ्ने विभिन्न विद्यालयका विद्यार्थी रहने छन्।
५ दिन सम्म सन्चालनमा आउने यस प्रतियोगितामा पहिलो खेलमा इन्द्र राज्य र ग्लोबल कलिजियट बिचमा प्रतिस्पर्धा रहने छ भने प्रतियोगितामा प्रथम हुने टोलीले नगद रू १,००,००० सहित सिल्ड र मेडल , दोस्रो हुनेले नगद रू ५०,०००सहित सिल्ड र मेडल , प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद रू १५,००० र टफि पाउने छन ।
आज हुने पहिलो खेल २:३० बजे सुरु हुने आयोजक गण्डकी विश्वविद्यालयले जानकारी दिएको छ ।
कमेन्टहरु
Loading...