गण्डकी प्रदेशमा मन्त्रालय घटाएर ७ वटा मात्र बनाउने सहमति

कमल सुवेदी, पोखरा । गण्डकी प्रदेशमा यस अघि कायम भएका मन्त्रालय घटाएर ७ वटा मात्र बनाउने सहमति भएको छ । यस अघि प्रदेशमा १२ मन्त्रालय रहेको थियो । सत्ता गठबन्धनले आज मन्त्रालय घटाएर ७ वटा मात्र बनाउने सहमति गरेका हुन् ।

मुख्यमन्त्री खगराज अधिकारीको निवासमा आज (आइतबार) साँझ बसेको सत्ता गठबन्धन भित्रका तीन दलको बैठकमा मन्त्रालयको संख्या घटाउने सहमति भएको हो । मुख्यमन्त्री अधिकारीले आफु मुख्यमन्त्रीमा नियुक्त हुने वित्तिकै गण्डकी प्रदेशमा मन्त्रालय घटाउने प्रतिवद्धता समेत जनाएका थिए ।

साथै मंगलबारसम्म सातै मन्त्रालयले पूर्णता पाउने श्रोतले जनाएको छ ।

कमेन्टहरु
Loading...