नेपाल उद्योग तथा ब्यवसायी संघद्वारा आयोजित फुटसल प्रतियोगीताको उपाधि चाउथे क्लबलाई

गन्थन संवाददाता, पोखरा । नेपाल उद्योग तथा ब्यवसायी संघ पोखर महानगर कमिटीले आयोजना गरेको प्रथम महानगर खुल्ला फुटसल प्रतियोगिताको उपाधि चाउथे फुटबल कलबले हात पारेको छ ।

फाइनल खेलमा नदिपुर फुटबल क्लबलाई ४–० गोल अन्तरले पछि पार्दै चाउथेले उपाधि जितेको हो । उपाधिसँगै चाउथे फुटबल क्लबले नगद रु १ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छभने उपबिजेता बन्दै नदिपुरले नगद रु ५० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्न गरेको छ ।

त्यस्तै प्रतियोगितामा बेष्ट प्लेयरको उपाधि चाउथे फुटबल क्लबका रोसन नेपाली र बेष्ट गोलकिपरको उपाधि चाउथेकै सुदिप सुनारले जितेका छन् । त्यस्तै हाई स्कोरको सपाधि गुड भाइब्स बुटवल क्लबका सरुविन गुरुङले प्राप्त गरे ।

प्रथम महानगर खुल्ला फुटसल प्रतियोगितामा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, विशेष अतिथि प्रदेस सभा सदस्य गणेशमान गुरुङ लगायत विभिन्न वडाका वडाध्यक्ष, जनप्रतिनिधि, समाजसेवी र खेलप्रेमीको उपस्थितिमा प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कुल १८ टिमको सहभागिता रहेको थियो ।

तुल बहादुर थापाको संयोजकत्वमा सम्पन्न प्रतियोगिताको अध्यक्षता नेपाल उद्योग तथा व्यवसायी संघ पोखरा महानगर कमिटिका अध्यक्ष अध्यक्ष हरि भजेलले गरेका थिए । त्यस्तै कार्यक्रमको सञ्चालन कमिटिका सचिव हेमजार भण्डारीले गरेका थिए ।

कमेन्टहरु
Loading...