पोखरा । प्रथम महानगर खुल्ला फुटसल प्रतियोगिता माघ ६ गते शुक्रबार (भोली) देखि पोखरा रंगशालामा हुने भएको छ ।
नेपाल उद्योग व्यावसायी संघ पोखरा महानगर कमिटीद्वारा आयोजना भएको खुल्ला फुटसल दुइ दिन सम्म सञ्चालन हुनेछ । कुल १८ टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेता टिमले नगद रु १ लाखको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै उपबिजेता टिमले नगद रु ५० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन पोखरा रंगशालामा शुक्रबार बिहान ९ बजे गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गर्ने समेत आयोजकले जनाएको छ ।