(फाइल तस्विर)
पोखरा । नीतिप्रेस मिडिया प्रालिले जनजागरण आधारभुत सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सामाग्री वितरण गर्ने भएको छ ।
नीतिप्रेसको आयोजनामा यहि माघ ६ गते शुक्रबार माछापुच्छ«े गाँउपालिका वडा नं. ४ लाहाचोकमा रहेको श्री जनजागरण आधारभुत सामुदायिक विद्यालयमा अध्यनरत ५१ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सामाग्री वितरण गर्न लागेको नीतिप्रेस मिडियाका सञ्चालक माधब पोखरेलले जानकारी दिएका छन् ।
गत भाद्र ११ गते नीतिप्रेस मिडियाको आयोजनामा लेकसाइड सेदीमा सम्पन्न वाइयुके सुपरमार्केट प्रथम खुल्ला तिजगित प्रतियोगिता–२०७९ बाट बचेको रकमबाट जेहेनदार विद्यार्थीलाई सहयोग गरिएको पोखरेलले बताए ।