गन्थन संवाददाता, पोखरा । गण्डकी प्रदेश सभाको सभामुखमा कृष्ण प्रसाद धिताल निर्वाचित बनेका छन् । सभामुख पदका लागि आज भएको निर्वाचनमा माओवादीका कृष्ण प्रसाद धिताल निर्वाचित भएका हुन् । सत्ता गठबन्धनमा गण्डकीमा मुख्यमन्त्री र उपसभामुख एमाले र सभामुख माओवादीले पाउने सहमति यसअघि नै भएको थियो ।
उपस्थित ५८ सांसदमध्ये धितालको पक्षमा ३२ मत र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको तर्फबाट सभामुखमा प्रस्ताव भएकी सरस्वती अर्याल तिवारीलाई २६ मत प्राप्त भएको थियो ।
६० सदस्य प्रदेश सभामा काग्रेसका २७, एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र एक स्वतन्त्र सांसद छन् ।