अनेरास्ववियु पेकको आयोजनामा भएकाे निशुल्क आँखा शिविरमा २८३ जनाले स्वास्थ्य लाभ लिए

पाेखरा । ‘सम्पूर्ण प्रगतिशिल देशभक्त एवं जनवादी बिध्यार्थीहरु एकजुट होऔ’ भन्ने मुल नाराका साथ माघ ६ गते सम्पन्न हुन लागिरहेको स्वतन्त्र विध्यार्थी परिषदको चुनावलाई लक्षित गर्दै अनेरास्ववियु पोखरा इन्जिनियरिङ क्याम्पस कमिटीले निशुल्क आँखा शिविर संचालन गरेको छ ।

अनेरास्ववियु क्याम्पस कमिटीले आयोजना गरेको निशुल्क आँखा शिविरमा २८३ जनाले आँखा जाँच गराएका छन् । शिविरमा क्याम्पसमा अध्ययन गर्दै आएका विध्यार्थीहरु, क्याम्पस आसपासमा रहेका स्थानीयबासीले आँखा जाँच गराएका थिए ।

अनेरास्ववियु पोखरा इन्जिनियरिङ कलेज कमिटीका सदस्य रवि बरालको सम्योजनमा भएको शिविरमा आँखा प्राविधिक मिलन क्षेत्री, सुरैया रेज्मीले जाँच गरेका थिए । राज्यले स्वास्थ्य क्षेत्रलाई सकारात्मक तरिकाले हेर्नुपर्छ स्वास्थ्य क्षेत्र अति सम्वेदनशिल क्षेत्र रहेको र विध्यार्थीको स्वास्थ्य ख्याल राख्न सो शिविर आयोजना गरेको कार्यक्रमका सह-संयोजक सरोज पौडेलले बताए ।

शिविरमा अनेरास्ववियुका केन्द्रीय कमिटी सदस्य एवं कास्कीका सह-इन्चार्ज महेन्द्र उपाध्याय(मन्नु), केन्द्रीय सदस्य एवं पोखरा इन्जिनियरिङ कलेजका स्वतन्त्र विध्यार्थी परिषदका निवर्तमान सभापति किशोर सुवेदी, अनेरास्ववियु कास्की जिल्ला कमिटीका सह-संयोजक सन्तोष पोखरेल लगाएतको उपस्थिति रहेको थियो ।

कमेन्टहरु
Loading...