पोखरा । विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्दै उनीहरुको क्षमता विकासका लागी एसओएस हर्मन जिमाईनर विद्यालय गण्डकीले ३९ औं वार्षिक खेलकुद कार्यक्रम सपन्न गरेको छ ।
पाठ्यक्रमको उद्धेश्य परिपुर्तीका लागी खेलकुद लगायतका अतिरिक्त क्रियाकलाप सहयोगी वन्दै गएपछि विद्यालयले वार्षिक क्यालेण्डर नै वनाएर खेलकुद गतिविधि संचालन गर्दै आएको हो । खेलकुदले विद्यार्थीमा लगनशिलता, अनुशासन, ईमान्दारिता र रचनात्मक गतिविधिका लागी उत्प्रेरित गर्दछ ।
तीन दिनसम्म विद्यालयमा संचालन भएको खेलकुद कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई मेडल एवं प्रमाणपत्र वितरण गर्दै पोखरा विश्वविद्यालयका उपकुलपती प्रोफेसर डाक्टर प्रेम नारायण अर्यालले अनुशासित विद्यार्थीवाट मात्र सामाजिक विकास सम्भव भएको भन्दै उहाँले सन्तुलित शिक्षाप्राप्तीका लागी विद्यालयले गरेको योगदानको प्रशंसा गरे । एसओएस नेपाल ट्रष्टवाट संचालित उक्त विद्यालय नाफामुखी नभएर सामाजिक सेवाका लागी संचालन गरिएको विद्यालय हो । यस विद्यालयमा अविभावक गुमाएका सहारा विहिन वालवालिकाहरुले अध्ययन गर्दै आएका छन् । सार्वजनिक गुठिसस्थानवाट संचालित विद्यालय राष्ट्रको गहना भएको स्मरण गर्दै उहाले सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।
यस अघि विद्यालयका प्रधानाध्यापक चुडामणी सुवेदीले एसओएस हर्मन माईनर विद्यालयल सार्वजनीक गुठी सस्थान अन्तर्गत चल्ने भएकाले यहा अध्ययनरत विद्यार्थीलाई सामुदायीक विद्यालयका विद्यार्थी सरह छात्रवृत्ति दिन सरकारसँग आग्रह गरेका थिए ।
कालिका माविका प्रधानाध्यापक बलराम गिरीले विद्यालयले शैक्षिक गतिविधिका अलावा अतिरिक्त क्रियाकलाप गरेर वालग्रामका वालवालिकाको भविश्य उज्वल वनाउने काम गरेको भन्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।
एसओएस चिल्ड्रेन भिलेज गण्डकीका प्रोजेक्ट डाईरेक्टर प्रदिप भक्त आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रमका विद्यार्थीहरुले खेलका अतिरिक्त विविध सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रम शिक्षक विरसिंह वुढाले संचालन गरेका थिए ।