संसदीय दलको नेता छान्न कांग्रेसद्वारा निर्वाचन समिति गठन

काठमाडौं / नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति बनाएको छ ।

पार्टी मुख्यालय सानेपामा आज बसेको कार्यसम्पादन समिति बैठकले भीष्मराज आङ्देम्बे संयोजकमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो । समितिको सदस्यहरूमा पुष्पा भुसाल र प्रकाश स्नेही छन् ।

कमेन्टहरु
Loading...