पोखरा । १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव अन्र्तगत टेबलटेनिस प्रतियोगितामा छात्र एकलतर्फ कास्की मोड्नाइज र छात्रातर्फ यूनिभर्स इङ्लिस बोर्डिङ स्कुल विजयी भएका छन ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा सम्पन्न प्रतियोगितामा छात्रतर्फ कास्की मोड्नाईज एकेडेमीका मञ्जित थापा प्रथम, गोर्खा बोर्डिङ स्कुलका विजय विक द्वितिय, त्रिवेणी एकेडेमीका प्रवेश विक र पुष्प सदन एकेडेमीका अनमोल थापा तृतिय भए ।
यस्तै छात्रा एकलतर्फ यूनिभर्स इङ्लिस बोर्डिङ स्कुलकी करुण शर्मा प्रथम, साइनिङ स्टारकी सजिना राई द्वितिय हुँदा नेश्नल क्रियशनकी आस्था परियार र अल्फा एकेडेमीकी कृति गुरुङले तृतिय स्थान प्राप्त गरेको प्रतियोगिता संयोजक शिवराज पौडेलले जानकारी दिए ।
बुधबारबाट शुरु भएको प्रतियोगितामा छात्र–छात्रा गरेर ४२ विद्यालयले सहभागिता जनाएका थिए । विजयी खेलाडी तथा विद्यालयलाई भोलि शुक्रबार एक समारोहका विच शिल्ड, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।