पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन ९रेवान० पोखराले अङ्ग्रेजी नयाँ वर्षमा गर्दै आएको सडक महोत्सवलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्नको लागि विशेष साधारण सभा मार्फत सुझाव संकलन सहित विभिन्न उपसमिति गठन गरेको छ ।
पोखराको ब्राण्डको रुपमा चिनिएको सडक महोत्सवको २४ औं संस्करणसम्म आइपुग्दा महोत्सवलाई कसरी थप प्रभावकारी र नविनतम् रुपबाट सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा विशेष साधारण सभा केन्द्रित भएको रेवानका अध्यक्ष नरेश भट्टराइले जानकारी दिए । उनले भने “सडक महोत्सव पोखराको पर्यटन क्षेत्रको एउटा ब्राण्ड बनेको महोत्सव हो, २४ औं सडक महोत्सवको तयारी गरिरहँदा यसलाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर पहिलो चरणमा रेवानका सदस्यहरुबाट सुझाव संकलन गरेर उपसमितिहरु बनाएका छौ ।”
उनले पहिलो चरणमा रेवानका सदस्यहरुबाट सुझाव लिएको र दोस्रो तेस्रो चरणमा पर्यटन विद् लगायत पर्यटन सम्बद्ध संघसंस्था, जनप्रतिनिधि, आमा समुह , युवाक्लव, टोलविकास संस्थाहरुसँग छलफल गरेर सुझाव लिइने बताए ।
बदलिदो समय अनुसार महोत्सवमा नविनतम सोच र त्यहि अनुसारको गतिविधि समावेश गर्नका लागि विभिन्न २४ वटा उपसमिति गठन गरेर जिम्मेवारी बाँडफाँड समेत गरेको रेवानका प्रथम उपाध्यक्ष विश्वराज पौडेलले जानकारी दिए ।
सो अवसरमा सडक महोत्सवका परिकल्पनाकार अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले महोत्सव कुनै एक संस्थाको मात्र नभई पोखराको पर्यटन क्षेत्रको प्रवद्र्धन र व्यवसायिक हितका लागि भएकाले सबैले अपनत्व लिएर महोत्सवमा सम्पन्न गर्न सहयोग गर्नुपर्ने धारणा राखे । उनले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा सडक महोत्सव परेकाले पर्यटकमैत्री वातावरणमा महोत्सव सम्पन्न गर्न र सोही अनुसारमा गृह कार्य जुटन पनि रेवानका सदस्यहरुलाई आग्रह गरे ।
रेवानले हरेक वर्ष पुस १३ बाट १७ गते सम्म पाँच दिन सडकमै खाँउ सडमै रमाउँ भन्ने नाराका साथ खाना संस्कृति प्रवद्र्धन गर्ने उद्देश्य सहित यो महोत्सव गर्दै आएको छ । विशेष साधारण सभामा रेवानका सल्लाहकार, पूर्व अध्यक्ष सहित सदस्यहरुको उपस्थिती रहेको थियो ।