कास्कीमा को–को निर्वाचित भए ?

गन्थन संवाददाता, पोखरा । निर्वाचनको क्षेत्रगतरुपमा कास्की जिल्लालाई ३ क्षेत्रमा छुट्टाइएको छ । यहि मंसिर ४ गते भएको निर्वाचनमा ३ जना प्रतिनिधि सभा सदस्य र ६ प्रदेश सभा सदस्यका लागि प्रतिस्पर्धा भएको थियो । निर्वाचनका परिणाम हेर्नेहो भने कास्कीमा नेकपा (एमाले)को पकड रहेको छ । प्रतिनिधि सभा तर्फ नेकपा एमालेले ३ वटै क्षेत्र जितेको छ भने प्रदेश सभातर्फ ६ मध्ये ४ वटा जितेको छ । बाँकी २ नेपाली काँग्रेसले जितेको छ ।

प्रतिनिधि सभा तर्फ कास्की क्षेत्र नं. १ बाट मनबहादुर गुरुङ, क्षेत्र नं. २ बाट विद्या भट्टराई र ३ बाट दामोदर पौडेल बैरागी निर्वाचित भएका छन् । तिनै जना नेकपा (एमाले)का उम्मेदवार हुन् । प्रदेश सभा तर्फ १ (१) मा खगराज अधिकारी, १ (२) मा बेदबहादुर गुरुङ, २ (१) मा भिम कार्की, २ (२) मा विन्दु थापा, ३ (१) मा गणेशमान गुरुङ र ३ (२) मा प्रकाश बराल निर्वाचित भएका छन् ।

कास्कीको २ (२) र ३ (२) मा काँग्रेसका उम्मेदवार निर्वाचित भए भने बाँकी ४ क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् ।

कमेन्टहरु
Loading...