पोखरा । कास्की निर्बाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा तर्फको मंगलबार बिहान १० बजेसम्मको मतगणनामा नेकपा (एमाले)ले अग्रता लिएको छ ।
एमालेलाई राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादीले पछ्याइरहेको छ ।
नेकपा एमालेका उमेद्वार दामोदर पौडेल बैरागीले ४५५१ मत पाएका छन् । त्यस्तै रास्वपाका उम्मेदवार योगराज पौडेलले ४१८६ मत पाएका छन् भने सत्ता गठबन्धनका तर्फबाट उमेद्वार बनेका नेकपा माओवादी केन्द्रका रामजी बरालले २९७८ मत मात्र पाएका छन् ।